स्मार्टफोन बनाउने कम्पनी ब्लाकबेरीले बिजनेसको नयाँ विकल्प खोज्न एक समिति बनाएको छ । जसले कम्पनी बेच्ने विकल्पमाथि पनि छलफल गर्नेछ ।ब्लाकबेरी बोर्डका एक सदस्य टिमोथी ड्याटल्सलाई समितिको अध्यक्ष बनाइएको छ ।
समितिले विभिन्न बिजनेस मोडलबारे अध्ययन गर्नेछ, जसले नयाँ व्यवसायिक साझेदार पाउनेछ । कम्पनी आफ्नो ब्लाकबेरी १० मोडलको विक्रि बढाउन चाहन्छ, जसलाई कम्पजीको भविश्ससँग पनि जोडेर हेरिएको छ ।ब्लाकबेरीलाई पछिल्लो केही वर्षमा स्मार्टफोन बजारमा एप्पल र गूगलको एड्रोएड अपरेटिङ सिस्टमसँग निकै संघर्ष गर्नु परेको छ ।
कम्पनीले २०१३ जनवरीमा रिसर्च इन मोशन नाम छाडेर ब्लाकबेरी राखेको छ र १० मोडल बजारमा ल्याएको छ । कम्पनीलाई पछिल्लो चार महिनामा मात्र ८ करोड ४० लाख डलर घाटा भएको छ ।
-------------------My Best News Site----------------------
Source : ONLINEKHABAR.COM
0 comments:
Post a Comment