EXCHANGERATES

Home » , » Apple को iTunes Store, App Store, iBookstore र Mac App Store account क्रेडिट कार्डको इन्फर्मेसन बिना फ्रीमा बनाउने तरिका

Apple को iTunes Store, App Store, iBookstore र Mac App Store account क्रेडिट कार्डको इन्फर्मेसन बिना फ्रीमा बनाउने तरिका

Unknown | 11:35 AM | 0 comments

जब तपाईं Apple को सर्भिसहरु जस्तै: Apple Online Store अथवा registering your product online प्रयोग गर्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई Apple ID को जरुरत पर्दछ । यसको लागि तपाईंले Apple मा आफ्नो account रजिस्टर गर्नु पर्ने हुन्छ । तपाईंले रजिस्टर गर्नु भएको ID बाट apple को सबै सेवाहरु जस्तै: iTunes, the Mac App Store, iCloud, iMessage, FaceTime, Game Center र यो बाहेक पनि धेरै प्रयोग गर्न सक्नु हुन्छ ।   

यदि तपाईंले सिधै Apple ID बनाउन खोज्नु भयो भने त्यहा आफ्नो क्रेडिट कार्डको इन्फर्मेसन पनि राख्नु पर्ने हुन्छ जुन तपाईंले कुनै Apps खरिद गर्न चाहनु हुँदा प्रयोगमा आउछ । क्रेडिट कार्डको डिटेल इन्फर्मेसन नराखी तपाईंको ID तयार हुँदैन।


तर तपाईंलाई कुनै Apps खरिद गर्नु छैन र फ्रीमा उपलब्ध Apps हरु मात्र download गरेर चलाऊन चाहनु हुन्छ भने तलको तरिका अनुसार ID register गर्न सक्नु हुन्छ । 
१। सर्वप्रथम iTunes सफ्टवएर डाउनलोड गरेर install गर्नुहोस् । 
( Download गर्न यहाँ क्लिक गर्नुहोस् ) 
२। नयाँ iTunes उपलब्ध छ भने update गर्नुहोस् । 
३।  Install भईसकेपछि iTunes खोल्नुहोस् र दाँयातिर कुनामा भएको iTunes Store बक्समा क्लिक गर्नुहोस् ।
४। अब दाँयातिरको list लाई Scroll गर्दै जानुहोस् त्यहा तल Top Free Apps Catagory मध्य कुनै एउटामा क्लिक गर्नुहोस् ।

५। अब Free बक्समा क्लिक गर्नुहोस् नयाँ popup विन्डो खुल्नेछ त्यहा Create Apple ID मा क्लिक गर्नुहोस् ।

६। Welcome to the iTunes Store विन्डो खुल्नेछ , Continue बक्समा क्लिक गर्नुहोस् ।
७। terms and conditions मा tick लगाउनुहोस् र Agree बक्समा क्लिक गर्नुहोस् ।
८। अब आफ्नो personal information भर्नुहोस् र Continue गर्नुहोस् । 
९। अब जरुरी कुरा select a payment method मा None छन्नुहोस् र आफ्नो नाम र Address भरी Create Apple ID बक्स मा क्लिक गर्नुहोस् । 
यसरी तपाईंको Apple ID अब तयार भयो अब तपाईंले यो ID प्रयोग गरेर फ्रीमा उपलब्ध कुनै पनि Apps, Games आदि download गरेर चलाऊन सक्नु हुनेछ ।

Enjoy!!!

Share this article :
JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger