EXCHANGERATES

Home » » चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५९ करोड नाघ्यो

चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५९ करोड नाघ्यो

Unknown | 12:18 PM | 0 comments
चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५९ करोड नाघेको छ । चीनको इन्टरनेट नेटवर्क इन्फरमेसन सेन्टरले सार्वजनिक तथ्यांक अनुसार चीनमा ५९ करोड १० लाख मानिसले इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।
त्यसमध्ये ४६ करोड ४० लाखले स्मार्टफोन तथा अन्य वायरलेस डिभाइसमार्फत इन्टरनेट प्रयोग गर्ने गरेका छन् । पछिल्लो तथ्यांकले एक वर्षमा चिनिया इन्टरनेट प्रयोगकर्ताको संख्या १० प्रतिशतले बढेको र देशका ४४ प्रतिशत नागरिकले इन्टरनेट सेवा प्रयोग गरिरहेका देखाएको हो ।
china internet users
यो हप्ताको सुरुमा चिनको सबैभन्दा लोकपि्रय सर्च इन्जिन बैदुले देशको एक प्रख्यात वायरलेस वेबसफ्ट १ अर्ब ९० करोड डलरमा खरीद गर्न लागेको घोषणा गरेको थियो ।
चीनमा माइक्रोब्लगिङ साइट सिना वेबो पछिल्लो समय निकै चर्चित बनेको छ । यसका दैनिक ४ करो ६० लाख प्रयोगकर्ता छन् । त्यस्तै वेब म्यासेजिङ सेवा टेन्सेन्टका प्रयोगकर्ता ७९ करोड ८२ लाख छन् । यो सेवा चीनमा मात्र नभएर इण्डोनेसिया लगायतका देशमा पनि लोकपि्रय छ ।
तथ्यांक अनुसार सन् २००९ मा चीनमा ३३ करोड ८० लाख इन्टरनेट प्रयोगकर्ता थिए ।
चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश मात्र होइन सबैभन्दा बढि इन्टरनेट प्रयोगकर्ता भएको देश पनि हो । चीनमा ५९ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता छन् ।
दोश्रो स्थानमा रहेको अमेरिकामा २५ करोड ४० लाख इन्टरनेट प्रयोगकर्ता छन् । तेश्रो स्थानमा भारत रहेको छ । भारतमा १५ करोड २० लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन् । चौथो स्थानको जापानमा १० करोड १० लाख र पाँचौ स्थानको ब्राजिलमा ९ करोड ९० लाख जना इन्टरनेट प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ ।
Source : Onlinekhabar.com
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger