EXCHANGERATES

Home » » फेसबुकको गोप्य (अदर) फोल्डर खोल्नुभएको छ ? खोलेर सन्देश पढिहाल्नुस्

फेसबुकको गोप्य (अदर) फोल्डर खोल्नुभएको छ ? खोलेर सन्देश पढिहाल्नुस्

Unknown | 3:33 PM | 0 comments
face-book
फेसबुकको गोप्य फोल्डरका रुपमा रहेको ‘अदर’ नामको फोल्डर खोल्ने गर्नुभएको छ ? हामी धेरैले उक्त फोल्डर खोलेर त्यसका म्यासेज हेर्ने गर्दैनौँ । तर उक्त फोल्डरमा हामीले अन्त कतै नदेखेका निकै महत्वपूर्ण सन्देशहरु हुने गरेको खुलासा भएको छ ।
फेसबुक प्रयोगकर्ताको ध्यान नपुगेका तथा चासो नदिइएका म्यासेज संग्रह गर्ने इनबक्सको एक फिचर्सको रुपमा रहेको उक्त फोल्डर प्रयोगकर्तालाई ह्याकरबाट जोगाउने एउटा टुल्स समेत भएको फेसबुकको दाबी छ ।
तर यो फोल्डर भित्र थुपि्रएका म्यासेजको विषयमा प्रयोगकर्ताले कुनै सूचना नै नपाउने भएकाले महत्वपूर्ण जानकारी समेत त्यसै थन्किने र बासी बन्ने गरेको पाइएको छ ।
न्युयोर्क टाइम्सको एक ब्लग पोष्टमार्फत प्रविधि विज्ञ डेभिड पगले यो अदल नामक फोल्डर भित्र फेसबुकले पठाएका निकै महत्वपूर्ण सन्देशहरु हुने गरेको जानकारी दिएका हुन् । यो फोल्डरमा फेसबुकका विभिन्न सन्देशका साथै फेसबुक फ्रेण्डस्का वर्षौँ अघिसम्मका निम्तोहरु समेत सञ्चित हुने गरेका उनको भनाइ छ ।
प्रयोगकर्ताले फेसबुक वालको मेसेज अप्समा क्लिक गरेपछि अदर भन्ने अप्सन देखा पर्छ । उक्त अप्सनमा क्लिक गरेपछि त्यहाँ रहेका सन्देशहरु पढ्न सकिन्छ । वास्तवमा यो फोल्डरमा एक डलर तिरेर पठाइने महत्वपूर्ण सन्देशहरु भित्रिने गर्छन् । यो अप्सन प्रयोगकर्तालाई स्पाम बाट बचाउनका लागि प्रयोगमा ल्याइएको फेसबुकको दाबी छ । मित्रहरु तपाइँ पनि अदर फोल्डर खोलिहाल्नुस् । कतै गोप्य सन्देश पो छन् की । एजेन्सीको सहयोगमा
Source: Online Khabar
Nepals No.1. Online News Portal......
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger