EXCHANGERATES

Home » , , » एप्पलले सार्वजनिक गर्यो अहिलेसम्मकै सस्तो आईफोन

एप्पलले सार्वजनिक गर्यो अहिलेसम्मकै सस्तो आईफोन

Unknown | 2:07 PM | 0 comments

एप्पल कम्पनीले गयराती दुई आईफोन सार्वजनिक गरेको छ । गयराती आइफोन कम्पनीले ५ एस र ५ सी नामका दुई स्मार्टफोन बजारमा ल्याएको हो । उक्त दुई फोनमध्ये ५ सी अहिलेसम्मकै सस्तो स्मार्टफोन भएको बताइएको छ । स्मार्टफोन सार्वजनिक हुनुभन्दा अघि इन्टरनेटमा यस्का बारेमा धेरै टिकाटिप्पणी र अनुमानहरू सार्वजनिक गरिएको थियो । निकै चर्चामा रहेको फोन बजारमा आएपछी उक्त आइफोन कुरिरहेका प्रविधीमा भिज्न खोज्नेहरूले नयाँ प्रविधीको प्रयोग गर्न पाउने भएका छन् । बजारमा आउनुभन्दा अगाडि जेजस्ता प्रचार गरिएपनि यी दुई स्मार्टफोनमा रहेका सुविधाहरू बारे जानकारी लिऔः

Photo: NOW GUESS WHAT  !! #NSA will start collecting Fingerprint Scans of #iPhone users without their knowledge for biometric data or Intelligence data collection.

Just today announced that Apple will introduce Biometric fingerprint scanner in upcoming iPhone 5S as #Security feature.

Read more :: http://thehackernews.com/2013/09/nsa-steve-jobs-is-real-big-brother-and.html


स्मार्टफोन ५ सी 

- आइफोन ५ सी मा एप्पल कम्पनीले ए६ प्रोसेसर प्रयोग गरेको छ । यस्तै ब्याट्री पनि पहिलेका स्मार्टफोन भन्दा राम्रो भएको कम्पनीको दावी छ ।
 - यो स्मार्टफोनमा ८ मेगापिक्सेलको क्यामरा प्रयोग गरिएको छ । यसमा एलइडी फ्ल्यासको सुविधा पनि छ । - यसमा डुअल ब्याण्ड वाइफाई, ब्युटुथ रहेको छ । यसबाट सहजै इन्टरनेटको सुविधा प्रयोग गर्न सकिन्छ । - १६ जिबि र ३२ जिबि मेमोरी भएको आईफोन बजारमा उपलब्ध छ । १६ जिबि मेमोरी भएको आईफोनको मूल्य ९९ डलर तोकिएको छ भने ३२ जिबि मेमोरी भएको आईफोनको २९९ डलर तोकिएको छ ।
 - यो स्मार्टफोन ५ फरक-फरक रंगमा बजारमा आउनेछ ।
 - यो स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर ।

 आईफोन ५ एस

 - यो स्मार्टफोनमा फिंगर प्रिन्ट स्क्यानर प्रविधीको समेत प्रयोग गरिएको छ । यसले उक्त फोनलाई सुरक्षा       प्रदान गर्ने कम्पनीको भनाई छ ।
 - ६४ जिबि मेमोरी भएको आईफोन बजारमा उपलब्ध छ ।
 - यो स्मार्टफोनमा ए७ कोर्टेक्स प्रोसेसर प्रयोग गरिएको छ । यस्तै, यस्को ब्याट्री पनि निकै राम्रो भएको        कम्पनीले बताएको छ । समा रहेको ब्याट्रीले २५० घण्टाको थ्री जी स्ट्याण्डबाई टाइम दिन्छ ।
 - यसमा क्यामरा पनि निकै उत्कृष्ट रहेको छ । यसमा प्रयोग गरिएको क्यामराले एकसटमा २० वटा फोटो खिच्न सक्छ र प्रतिसेकेण्ड १० वटा फ्रेमका दरले रेकर्डिङ पनि गर्न सक्छ । - यसमा आईओएस ७ नामको अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । यो सबैभन्दा नयाँ अपरेटिङ सिस्टम हो एप्पलको ।
 Source:Nepalihedlines.com/np
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger