EXCHANGERATES

Home » » मलेसिया जान अब ४० हजार मात्र

मलेसिया जान अब ४० हजार मात्र

Unknown | 3:35 PM | 0 comments
मलेसियामा सुरक्षागार्ड पठाउँदा म्यानपावर एजेन्सीले भिसा र कमिसनबापत ३ लाख रुपैयाँसम्म असुल गर्न थालेपछि सरकारले अंकुश लगाएको छ । सरकारी निर्देशनसँगै अब म्यानपावरले निर्धारित ४० हजार रुपैयाँभित्रै सुरक्षागार्ड पठाउनुपर्ने आजको कारोबारमा खबर छ ।
 
मलेसियाका रोजगारदाता कम्पनी/एजेन्सीले नेपाली दूतावासमा लिखित रूपमा भिसा रकम बेहोर्ने र कसिमन नलिने प्रतिबद्धता गरेमात्र वैदेशिक रोजगार विभागले पूर्व र अन्तिम श्रमस्वीकृति दिनेछ । यस्तो व्यवस्थाबाट कामदारको लागत खर्च कैयौं गुणा घट्नेछ । सुरक्षा गार्डमा जाने कामदारले प्रवद्र्धन शुल्कबापत १० हजार, बिमा तथा श्रम स्वीकृतिबापत ५ हजार र टिकट २५ हजार रुपैयाँ गरी ४० हजारभन्दा बढी तिर्नुपर्दैन ।
 
मलेसियाले ‘इमानदार र बहादुर भएकाले’ सुरक्षा गार्डमा नेपालीलाई मात्र लिने हुँदा त्यहाँका स्थानीय एजेन्टले कमिसनका आधारमा माग बाँडफाँड गर्छन् । नेपालका म्यानपावर एजेन्सीबीच उनीहरूलाई बढी कमिसन दिने होडबाजी चल्छ । यहाँका कुनै म्यानपावरले कसिमन नतिर्ने प्रतिबद्धता गरे सम्पूर्ण खर्च त्यहाँका रोजगारदाता कम्पनीले बेहोर्ने स्वयं व्यवसायी बताउँछन् । सरकारको यो निर्णयबाट राम्रो काम गर्ने व्यवसायीलाई भने फाइदा पुग्नेछ ।
 
रोजगार विभागका निर्देशक दिवस आचार्यले विदेशी एजेन्टलाई तिर्ने भन्दै यहाँका व्यवसायीले कामदारबाट ठूलो रकम असुल गर्ने गरेको बताए । “अब सम्बन्धित रोजगारदाता कम्पनीले नेपाली दूतावासमा सम्पूर्ण खर्च बेहोर्ने लिखित प्रतिबद्धता जनाएमात्र कामदार लैजान पाउँछन्,” उनले भने, “यसबाट ठगी रोकिन्छ ।”
 
उनका अनुसार विदेशी एजेन्टलाई कसिमन तिर्ने होडबाजीको मूल्य सबैभन्दा बढी कामदारले चुकाउँदै आएका छन् । “एक म्यानपावरले ल्याएको माग अर्काले बढी कमिसन तिरेर आफूतिर तान्ने गरेको पाइयो,” उनले भने, “यही अस्वस्थ प्रतिस्पर्धाले सुरक्षा गार्डमा जाने नेपाली युवाको लागत खर्च अकासिएको छ ।” आचार्यका अनुसार यो व्यवस्था लागू गर्न दूतावासले पनि सहयोग गरिरहेको छ ।
 
म्यानपावरले भिसा र कमिसनबापत मलेसियाका एजेन्टलाई प्रतिकामदार ५ हजार रिंगेट (१ लाख ६० हजार रुपैयाँ)सम्म तिर्छन् । यता कामदारसँग टिकट, श्रमस्वीकृति र सेवा शुल्क गरी ३ लाख रुपैयाँसम्म असुल्छन् । यो रकम मलेसियाका लागि निर्धारितभन्दा करिब ४ गुणा बढी हो । मलेसियामा सुरक्षागार्डका लागि जाने कामदारले मासिक १ हजार ४ सय रिंगेट (४४ हजार रुपैयाँ) पारिश्रमिक पाउँछन् । अन्य क्षेत्रमा ९ सय रिंगेट (२८ हजार रुपैयाँ) पारिश्रमिक छ ।
 
सुरक्षागार्ड र अन्य क्षेत्रमा धेरै फरक हुने भएकाले कामदार बढी रकम तिर्न तयार हुने र त्यसको फाइदा म्यानपावरले लिने गरेको आचार्यले बताए ।
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger