EXCHANGERATES

Home » , » सूर्यको उत्तरी भागमा ठूलो भ्वाङ

सूर्यको उत्तरी भागमा ठूलो भ्वाङ

Unknown | 11:46 AM | 0 comments
solarखगोलविद्हरुले सूर्यको उत्तरी भागमा विशाल भ्वाङ रहेको तथ्य पत्ता लगाएका छन् । अत्याधुनिक स्पेस टेलिस्कोपद्वारा खिचिएको सूर्यको उच्च रिजोलुसनयुक्त तस्वीरमा सूर्यको उत्तरी ध्रुवमा विशाल भ्वाङ रहेको देखिएको हो ।
यस्तो कालो तथा अँध्यारो भ्वाङले सूर्यको झण्डै एक चौथाइ भाग ओगटेको छ । जुन सूर्यको सबैभन्दा बाहिरी सतहको कम घनत्वयुक्त कालो क्षेत्रको रुपमा रहेको छ ।
युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरीक्ष संस्था नासाको सौर्य अवलोकन यानबाट गएको १३ देखि १८ जुलाइको बीचमा खिचिएका तस्वीरबाट सूर्यको उत्तरी क्षेत्रमा कालो भ्वाङ रहेको देखिएको हो । यो भ्वाङभएको क्षेत्रबाट लगातार उच्च गतियुक्त सौर्य हुरी तथा अन्य पदार्थहरु अन्तरीक्षमा आइरहेको पाइएको छ । यसरी सूर्यबाट हुत्तिने ती पदार्थहरुको गति ५ सय माइल प्रति सेकेण्ड रहेको छ ।
उक्त क्षेत्रमा प्रकाश उत्पादन हुने अन्य कुनै सौर्य गतिविधि नभएका, सूर्यको अन्य भागमा भन्दा तापक्रम कम रहेको तथा अँध्यारो रहेको खगोलविद्हरुको भनाइ छ । सूर्यमा यस्ता खालका काला भ्वाङहरु देखिने कुरा नौलो नभएपनि पछिल्लोपटक देखिएको भ्वाङ निकै ठूलो रहेको खगोलविद्हरुको भनाइ छ ।      
                                                                                               स्रोत: अन्लाईनखबर डट कम
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger