EXCHANGERATES

Home » » पृथकताको भावना हुनु हुदैँन -'आशमान थिङ्'

पृथकताको भावना हुनु हुदैँन -'आशमान थिङ्'

Unknown | 11:10 AM | 0 comments
पृथकताको भावना हुनु हुदैँन 

आशमान थिङ्

हामी सबै एउटै मानविय परिवार हो भन्ने भावना जागृत गराउनुपर्छ । भाषा, जात–जातिका आधारमा पृथकताको भावना हुनुहुदैँन । आफ्नो देशको महानता थाहा छैन र यसको विकास र इज्जत जोगाउनेतर्फ विचार छैन भने शिक्षाको मतलब नै के भयो ? किताबी ज्ञानको केही महत्व हुँदैन । किताब अध्ययन गर्दा खर्च भएको शक्ति पछि गएर आकास्मिक रोग ( एलर्जी ) मा परिणत हुन्छ । शुद्ध, पवित्र र आर्दशमय काम उपयोगी हुन्छ । उपाधि प्राप्त गरेर जागिर माग्न जानु त साह्रै दयनीय स्थिति हो । आत्मनिर्भता बढाएर ईस्वरप्रति श्रद्धा राख्दै बिताउनुपर्छ ।
पढाइले बिहान–बेलुकीको छाक मात्र टार्नु त आधा काम भयो । बाकीँ आधा कामले जीवन अर्थपूर्ण र सुयोग्य बनाउनुपर्छ । बिद्यार्थीले बहुमूल्य शक्ति धेरैतिरबाट खेर गएको छ भन्ने कुराको ख्याल राख्नुपर्दछ । नराम्रो कुरो गर्ने, हेर्ने, सुन्ने, बोल्ने, विचार गर्ने गरी पाँच तरीकाबाट शक्तिको अपव्यय भइरहेको छ । हाम्रो हेर्ने शक्ति बहुमूल्य दैवी उपहार हो । यस्ता दैवी शक्तिको प्रयोग विचार पु¥याएर गर्नु बुद्धिमानी हुन्छ । हेर्ने काम नभएको कारण अन्धा मानिसहरुमा प्रशस्त शक्ति संचय भएको पाईन्छ । अन्धा मानिसहरु पनि धेरै जेहेन्दार हुन्छन् । आखाँ देख्ने मानिस दिउँसो फूर्तिसाथ हिँडछन् तर राति लड्खडाउँछन । अन्धाहरु दिन रात एउटै चालमा हिंडछन् । लाटा र बहिराको शक्ति बोल्न र सुन्नमा खर्च नभई बचत हुँदा तिनीहरुमा शक्तिको मात्रा बढी संचय हुन्छ ।
आजभोलिका विद्यार्थी जीराफ जनवारजस्तो एकठाउँमा टाँउको र धेरै पर मुटु भएका हुन्छन् । जीराफको लामो घाँटी भएकाले उसको टाँउको मुटुबाट टाढा हुन्छ् तर मानिसमा यस्तो हुँदैन । त्यसैले मानिसमा मन, वचन र कर्म यी तीनैको मेल हुनुपर्छ । 
ashamanthing111@gmail.com
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger